Sunday, May 13, 2012

पाना

जीवन भनेको त यात्रा रहेछ
यात्रा त केवल श्वेत पाना।
दु:ख र खुसी रङ बन्दिन्छन घटनाहरु आएर पाना भरदिन्छन।
फेरि विहान नव सूर्य झुल्किन्छ
यात्राको पनि नयाँ पाना पल्टिन्छ।
सेतो पाना देखेर सबैको मन झस्किन्छ
त्यसैले फेरी दु:ख र सुखको जुलुसनै निस्कन्छ।

जुलुस घर हुँदै बजारसम्म पुग्छ
दु:ख र सुखको घम्साघम्सीनै पर्छ।
कतै दु:खको हातबाट सुख
त कतै सुख को मिचाइमा दु:ख मर्छन
र फेरि त्यो दिनको पाना भरिन्छ।

यसरीनै सबै दिन जीवनको खाका कोरिन्छ।
कहिले सुख त कहिले दु:खका रङ गाडा हुन्छन
यस रङ्गी चङ्गी कापिका पाना सिमित छन
पानाको समाप्तिमा जीवनको सवै नाता तोडिन्छ
यात्राको अन्त्य सँगै जीवनको सास रोकिन्छ।

No comments:

Post a Comment