Thursday, June 21, 2012

मेरो चढाई

जिन्दगीको अन्तिम चढाई चढ्न भनी आँटे
भत्किएको बाटोको बिचबाटै बढ्न भनी लागे
अघि अघि दौडिएका शेरहरुको झलक देख्न थाले
उज्यालो सपनाको पहाड बोकी म पनि त्यतै लागे।

हिड्दै गर्दा अलि पर पुगेँ
तब त सबै अतीतहरु भागे
परिचय विहिन यात्रीको रुपमा
मैले पनि डाँडा काटेँ
जिन्दगीको अन्तिम चढाई चढ्न भनी आँटे
अप्ठ्यारोले भरिएको बाटोबाटै लागेँ
सुनौलो सपनाको आशामा म पनि पछिपछि लागेँ
सबैथोक त्यागेर प आफैबाट पर भागेँ

अघि बढ्दै गर्दा आयो हुरी
अनि त त्यसैले देखायौ चुरिखुरी
सबै शेरहरु कुन दुलामा पसे
म त एक्लो बीच सडकमै बसेँ

कहिले पछिल्तिर गुल्ट्याँउछ
कहिले चाहिँ खाल्टोमा मुन्ट्याँउछ
उफ् हेर्दा खेरी लाश जस्तो छ
तर हुरीमा पनि त्यत्रो शास छ

हुरी पनि रोकियो
फेरी झोला बोकियो
अनि सपनातिरै लम्कियो
के गर्न सक्छस् ए फुच्चे
अहिले चाहीँ रुखमा ठोक्कियो

उफ् , जीन्दगीको अन्तिम चढाई चढ्न कति गाह्रो
लडेको ठाउँबाट उठ्न त्यति नै साह्रो
जालझेलको दुनियामा बच्न धेरै गाह्रो
टाउकोमा बोकेको भारी थन्कोमा लगेर झार्न निकै गाह्रो
जीन्दगीको अन्तिम चढाई चढ्न कति गाह्रो