Friday, February 10, 2012

आखिर ढुङ्गा त ढुङ्गै रहेछ

त्यो त्याहाँ आफ्नो कौशल शरिरलाई आकर्षक अवस्थामा प्रस्तुत गरेर सबैको आँखालाई आफू तिर लोभ्याउने ढुङ्गालाई मैले देखेको छु र चिनेको पनि छु। "भालुलाई पुराण सुनाउनु" जस्ता उखान पनि मेरा लागि नौलो होईनन र ढुङ्गामा कलात्मुकता जोड्दा गरेका मुर्तिकारलाई नि मैले राम्रै सँग नियालेको छु। मेरो अनुभबको मात्र के कुरा बिगतका केही बर्षअघि कक्षा कोठा घोकाइएका भौतिकवादी कवितापनि मेरो मनमा वेलावेलामा बाचन भइरहन्छ। यति मात्र कहाँ हो र जान्ने सुन्ने भनाउँदा र चिप्ला कुरा गरेर फसाउने भाषणको पछाडि पनि आफूलाई प्रगतिशिल देखाउनेको निम्ति मुत्तिलाई ढुङ्गा मात्र हो भन्ने भाषण अझै नि म सम्झन्छु। तर म, तर म ढुङ्गालाई ढुङ्गा थाहापाउदै पनि केहि ब्यत्तिहरुले सृजना गरेका काल्पनिक दलदलमा जाकिन पुगे अर्थात म पनि ति ठोस, निर्जिव पत्थरलाई बिबेकशील मान्न थाले र दिन रात पुराण सुनाउन थाले। आज एक रुपले त भोलि अर्को रुपले। बर्षौ बर्षा लगाएर उ आफू माटोमा बदलिन्छ र त्यो कहिल्यै पनि सर्जिव हुदैन। सेतिको किनारमा पाइने पनि ढुङ्गा , राप्तिको आसपासमा लडिरहेका पनि वा कालिगण्डकिको छत्रछायाँमा रमाईरहेका पनि। रातदिन धुप बालेर पुकारेर, ब्रत गरेर, पुजापाठ लगाएनि शालिग्राम बाट बिष्णु निस्किने होइन तर कहिलेकाहि सुन त्याहाँ छ भने थाहा पाएर चोर्न चोर पो आउँदा रहेछन। कस्तो अचम्म!!

No comments:

Post a Comment